News Portal

भारतलाई पाकिस्तानी सेनाको चुनौती : सिमापार गरि २० मिनेट मात्र बसेर देखाउँ

इस्लामावाद । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले भारतीय हवाई सैन्य बललाई पाकिस्तानी सिमापार गरि आकाशमा २० मिनेट बसेर देखाउँन चुनौती दिएका छन् ।आफ्नो वायुसेनाका विमानहरूले बम हानेर पाकिस्तानमा रहेको लडाकु समूह जैश(ए)मोहम्मदको शिविर ध्वस्त पारिदिएको भारतको दाबी उनले अस्वीकार गरे ।

मंगलबारको उक्त घटनापछि प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको बैठकपछि एउटा विज्ञप्तिमा भारतको दाबीको पाकिस्तानले खण्डन गरेको छ।’बालाकोटनजिक रहेको कथित आतङ्कवादी शिविर नष्ट पारिएको र ठूलो मानवीय क्षति भएको भारतीय दाबीको हामी खण्डन गर्छौँ।’

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सेनाका प्रवक्ताले भने, अद्धितिय अल्लाह धेरै शक्तिशाली छन् । भारत पाकिस्तानको सिमापार गरि आकाशमा मात्र २० मिनेट बसोस त्यसपछिको परिणाम के हुनेछ हामी हेर्ने छौं । पाकिस्तानले सो आक्रमण अनावश्यक रहेको भन्दै पाकिस्तानले उचित समयमा आफ्नै किसिमले प्रत्युत्तर दिने बताएको छ।

बैठकपछि विदेशमन्त्री शाह महमूद कुरैशीले भने, ‘एकचोटि फेरि भारत सरकारले आफ्नो उद्देश्य पूरा गर्न आधारहीन र मनगढन्ते दाबी गरेको छ। यो उनीहरूको आफ्नो घरेलु आवश्यकता पूरा गर्न गरिएको हो किनभने त्यहाँ निर्वाचनको वातावरण छ र त्यसका लागि क्षेत्रीय सुरक्षा र स्थिरतालाई गम्भीर खतरामा पारिदिए।’प्रधानमन्त्री इमरान खानले सेना र सर्वसाधारणलाई जस्तोसुकै परिस्थितिका लागि तयार रहन भनेको उनले बताए। उनले भने, ‘यो पाकिस्तानविरुद्ध आक्रमण हो र पाकिस्तानले जबाफ दिन्छ।’

उनले परिस्थितिलाई बिगार्ने आफ्नो उद्देश्य नभएको यत आक्रमणको प्रत्युत्तर दिने पाकिस्तानको अधिकार भएको उनले बताए।ट्वीटमा सेनाका प्रवक्ताले  भनेका छन् – भारतीय सैनिक विमानले भाग्नेक्रममा हतारमा बालाकोट नजिक केही बम खसालेको भेटिएको छ । तर यसबाट धनजनको क्षति भएको छैन । 

भारत र पाकिस्तानबीच हालैका दिनमा बढिरहेको विवादका बीच मङ्गलबार बिहान यो घटना भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । यही फेब्रुअरीको १४ तारिखमा भारत प्रशासित काश्मिरमा भएको आत्मघाती हमलामा कम्तीमा ४० जना सशस्त्र प्रहरीको ज्यान गएपछि यी दुई देशबीच तनाव उत्पन्न भएको छ । 

सो आक्रमणमा भारतले पाकिस्तानी पक्षको हात रहेको बताएको छ । तर पाकिस्तानले भने त्यो आरोपको खण्डन गर्दै आएको छ । मङ्गलबार बिहानको सो विमान पाकिस्तानको मुजफ्फरावाद क्षेत्रबाट पाकिस्तानतर्फ प्रवेश गरेको थियो । मुजफ्फरावाद पाकिस्तान प्रशासित काश्मिरमा पर्दछ । तर सो विमान प्रवेश गरेर तुरुन्तै फर्किएको र त्यसबाट कुनै पनि मानवीय या भौतिक क्षति भने नभएको पनि उनको भनाई छ ।

यसैबीच, भारतले काश्मिरी पृथकतावादी र अरु लडाकू लुकेर बसेको आशङ्कामा लाइन अफ कन्ट्रोल पार गरी पाकिस्तान–अधीनस्थ क्षेत्रमा हवाई कारबाही गरिएको जनाएको छ । यो हमलाबाट कैयौं आतङ्ककारी शिविरहरु ध्वस्त भएको भारतका कृषि राज्यमन्त्री गजेन्द्रसिंह सिखावतले पुष्टी गरेका छन्। भारत–अधीनस्थ काश्मिरमा आत्मघाती आक्रमणमा ४० जना भारतीय अर्धसैनिक बलको मृत्यु भएपछि पहिलो पटक भारतले पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको पनि मन्त्री सिखावतले बताएका छन् । 

भारत सरकारले यसअघि नै भारतीय सुरक्षाफौजमाथि आत्मघाती आक्रमण गर्नेमाथि फौजी कारबाही गर्न भारतीय सेनालाई पूर्ण अख्तियारी दिइसकेको छ । काश्मिरमा सङ्घर्सरत मौलाना अजहरको नेतृत्वमा रहेको जैस ए–मोहम्मद समूहले आत्मघाती आक्रमणको जिम्मेवारी लिएको छ । मौलाना पाकिस्तानमै रहेकाले भारतले उनलाई भारतसमक्ष सुपुर्दगी गर्न आग्रह गर्नुका साथै पाकिस्तान विरुद्ध अन्तर्राष्ट्रिय कुटनीतिक दबाब सिर्जना गरिरहेको छ । 

Leave A Reply

Your email address will not be published.