News Portal

फेरि प्रहरीले लैनचौर एरियाबाट १८ सय लिटर मदिरा नष्ट

काठमाडौं । लैनचौर एरियाबाट प्रहरीले १८ सय लिटर मदिरा फेरि नष्ट गरेको छ।मदिराजन्य घटनामा संलग्न जो कोहीलाई प्रहरीले नियन्त्रणमा लिदा पनि पुनः यस्ता क्रियाकलायहरु दोहोरिदै आएका छन्।

घरेलु मदिरा नियन्त्रणमा राजधानी तथा अन्य ठाउँमा प्रहरीले छापा मारेर नष्ट गर्दै आएपनि त्यस्ता घटना भने बढ्दै आएका छन्। त्यसै क्रममा मंगलबार महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले अबैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ।

प्रहरीले लैनचौर एरियाका ढल्कु, गोल्खुपाखा, नयाबजार, क्षेत्रपाटीमा रहेका विभिन्न भट्टी तथा खाजाघरहरूबाट घरेलु मदिरा नष्ट गरेको हो।१ हजार ८ सय लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिई स्थानीयको रोहबरमा नष्ट गरेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.