News Portal

‘भारी हिमपात भइरहेको छ, म उड्न सक्दिनँ : सुकेटार टावरसँग पाइलटको अन्तिम सम्पर्क

फागुन १५ काठमाडौं। सँस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित सात जना हेलिकप्टर दुर्घटनामा सातै जनाको मृत्यु भइसकेको छ । सात जनामध्ये अहिलेसम्म ६ जनाको शव फेला परिसकेको छ ।

एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङको खप्टेढुङ्गमा दुर्घटना भएको हो । प्रहरी घटनास्थल पुगिसकेको छ । तर ठूलो आगो बलिरहेकाले छेउमा जानै सक्ने अवस्था नभएको जनाइएको छ ।सुकेटार विमानस्थल टावरले हेलिकोप्टर पौने १ बजेसम्म सम्पर्कमा रहेको जानकारी दिएको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार क्याप्टेन प्रभाकर केसीले सुकेटार टावरलाई पौने १२ बजे आफू पाथीभरा क्षेत्रमा रहेको जानकारी गराएका थिए ।

त्यसको १ घण्टापछि पौने १ बजे क्याप्टेन केसीले सुकेटार टावरलाई आफू रहेको क्षेत्रमा ‘हेभ्भी स्नोफल’ भएको जानकारी गराएका थिए । प्रवक्ता तिवारीले सुकेटार टावरको भनाइ उद्धृत गर्दै भने, ‘यता मौसम खराब छ । हेब्भी स्नोफल भइरहेको छ म उड्न सक्दिनँ ।’ पर्यटन मन्त्री अधिकारीसहित अन्य यात्रुहरु तेह्रथुमको चुहानडाँडामा बनाउन लागिएको प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न बुधबार बिहान साढे ८ बजे काठमाडौंबाट उडेको थियो ।

Leave A Reply

Your email address will not be published.