News Portal

दुई भारतीय विमान खसालेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो सेनाले जवाफ दिए (भिडियो सहित)

काठमाडौं । दुई भारतीय विमान खसालेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो सेनाले जवाफ दिएको बताएका छन् ।

भारतसँग बढ्दो तनावका बीच देशबासिका नाममा सम्बोधन गर्दै मन्त्री अधिकारीले इमरानले भनेका छन्, ‘हिजोदेखि जे अवस्था बनेको छ, त्यसबारे मलाई केही भन्नु छ । पुलवामापछि मैले हिन्दुस्तानलाई छानविनमा सहयोगको अफर गरेको थिएँ । मलाई थाहा छ कि यस्तो आक्रमणमा पीडित परिवारलाई कस्तो हुन्छ । यसैले मैले सिधासिधा अफर गरेको थिएँ । हामीले यसकारण भनेको थियौं कि हाम्रो जमीनको प्रयोग आतंकका लागि नहोस्।’

त्यसअघि पाकिस्तानले दुई भारतीय विमान खसालेको र एक पाइलट पक्राउ परेको बताएको थियो। यही बीचमा देशबासीलाई स्म्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री  तर, भारतले पाकिस्तानको सम्प्रभुता हनन गरेपछि जवाफ दिनु बाध्यता भएको बताएका छन्।

‘हामी चुप बसेर आफैंलाई अपराधी बनाउन सक्दैनथ्यौं । हामीले बुधबार जवाफ दिएका छौं र भनेका छौं, तिमी हाम्रो देशमा आउन सक्छौं भने म पनि आउन सक्छु ।’

Leave A Reply

Your email address will not be published.