News Portal

दुबै मुलुकबीच युद्धको अवस्था देखिएपछि अन्तर्राष्ट्रिय समूदायले संयमता अपनाउन दुबै मुलुकसँग आग्रह

काठमाडौं (एजेन्सी) । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठ (सार्क)को अध्यक्षसमेत रहेको नेपालले बुधबार एक विज्ञप्ति जारी गरि दुबै देशलाई वार्ताका माध्यमबाट समस्या समधान गर्न भनेको छ । परराष्ट्रमन्त्राले दुई मुलुकबीचको तनावले क्षेत्रीय शान्तिसमेत संकटमा परेको भन्दै वार्ता नै समस्या समधानको एकमात्र विकल्प भएको बताएको छ । 

यस्तै अमेरिकाले पनि दुबै मुलुकलाई संयमता अपनाउन भनेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पीयोले भारतीय विदेशमन्त्री सुशमा स्वराज र पाकिस्तानी विदेशमन्त्री शाह महुमद कुरेशीलाई फोन गरेर संयमता अपनाउन भनेका हुन् । यस्तै युरोपेली यूनियन (यूई)ले पनि संयमता अपनाउन भनेको छ । 

भारत र पाकिस्तानबीच तनाब बढेर युद्धको जस्तै अवस्था आएपछि अन्तर्राष्ट्रिय समूदाय सक्रिय भएका छन् । मंगलबार भारतीय हवाई सेनाले पाकिस्तानको बालकोटमा बम खसाल्यो भने बुधबार पाकिस्तानी हवाई सेनाले भारत प्रशासित कश्मीरमा बम खसाल्यो । 

सीमा क्षेत्रमा दुबैतर्फबाट गोली हानहान भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् । यही फेब्रुअरी १४ मा भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा जिल्लामा भएको आत्मघाति आक्रमणमा कम्तिमा ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि भारत र पाकिस्तानबीच पछिल्लो तनाव शुरु भएको थियो । 
सो आक्रमणपछि दुबैतर्फबाट वाकयुद्ध भए पनि अचानक मंगलबार भारतीय हवाई सेना पाकिस्तानी भूमिमा प्रवेश गरेपछि पाकिस्तानले बुधबार त्यसको जवाफ दिएको हो ।
 बुधबार पाकिस्तानी सेनाले दुई वटा भारतीय लडाकु विमान खसालेको र त्यसका दुई वटा पाइलट आफ्नो कब्जामा रहेको जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जर्नेल आसिफ गफूरले पत्रकार सम्मेलन गरि यस्तो जानकारी दिएका हुन् । 

यता भारतले एउटा पाकिस्तानी लडाकु विमान खसालेको दावी गरेको छ । र उसले आफ्नो एउटा विमान दुर्घटनाग्रस्त भएको बताएको छ । तर, उसले पाकिस्तानी दावीको खण्डन गरेको छ । 

बुधबार पाकिस्तानी सेनाको गतिविधिपछि भारतका विभिन्न विमानस्थलमा हाइअलर्ट जारी गरिएको छ भने पाकिस्तानी हवाई क्षेत्रमा कुनै पनि विमानलाई प्रवेशमा रोक लगाइएको छ । सीमा क्षेत्रमा रहेको अस्पतालहरुमा औशधिको भण्डारण बढाइएको छ । 

आणविक हतियार सम्पन्न दुबै मुलुकबीच युद्धको अवस्था देखिएपछि अन्तर्राष्ट्रिय समूदायले संयमता अपनाउन दुबै मुलुकसँग आग्रह गरेका छन् । 

Leave A Reply

Your email address will not be published.