News Portal

विद्यालयको फलामे गेटले किचेर एक जना विद्यार्थीको मृत्यु

झापा।विद्यालयको फलामे गेटले किचेर झापाको दमकमा आज दिउँँसो एक जना बालकको ज्यान गएको छ भने दुई जना बालक घाईते भएका छन् ।

दमक ८ स्थित जनता आधारभूत विद्यालयको प्रवेशद्धारको फलामे गेटले किचेर सोहि वडा बस्ने छुक्का हेमरमका ७ बर्षिय छोरा विजेन्द्र हेमरमको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतक बालक कक्षा १ मा अध्ययनरत थिए ।

प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार विद्यालयबाट घर फर्कने क्रममा दिउँसो २.३० वजे तिर अचानक प्रवेशद्धारको फलामे गेट भत्किएर वालकलाई टाउकोमा चोट लागेको थियो । गेटले किचेर घाईते बालकको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
अन्य घाईते दुई जनाको भने सोहि अस्पतालमा नै उपचार भईरहेको छ । कमजोर संरचनाको सो गेट विद्यार्थीहरुले झुण्डिएर खेल्नेक्रममा गेटनै भत्किए त्यस्तो दुर्घटना भएको थियो ।
मृतक बालकको शव आवश्यक परिक्षणका लागि दमक अस्पताल पठाईएको प्रहरी निरीक्षक एक्तेनले बताए ।हाम्रो दमक बाट साभार

Leave A Reply

Your email address will not be published.