News Portal

भारी वर्षा र असिना, कहिलेदेखि हुन्छ मौसममा सुधार ?

काठमाडौँ । आज फेरि देशभर वर्षा भइरहेको छ ।पश्चिमी वायुको प्रभावका कारण गत शनिबार बेलुकादेखि वर्षा भइरहेको छ ।बुधबारदेखि काठमाडौं उपत्यकालगायत केही स्थानमा वर्षासँगै असिना पनि परेको छ । मौसमविद् शान्ती कँडेलका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौँसहित देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन सहित पानी पर्ने सम्भावना रहेको छ ।

आज उपत्यकासहित पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली हुने र उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ ।त्यस्तै शुक्रबार उपत्यकालगायत पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा हुने मौसमविद्ले जनाएका छन् । मौसमविद्का अनुसार शुक्रबार बेलुकाबाट मौसममा सुधार आउने अनुमान छ ।

Leave A Reply

Your email address will not be published.