News Portal

पाकिस्तानको दाबी झुटो, पाकिस्तनको कब्जामा एक जनामात्र भारतीय पाइलट

बीबीसी।  भारत र पाकिस्तानबीच जारी तनाबकाबीच पाकिस्तानले आफ्नो कब्जामा एक जनामात्र भारतीय पाइलट रहेको छ। यसअघि पाकिस्तानले आफ्नो कब्जामा दुई भारतीय पाइलट रहेको  दाबी गरेको थियो। भारतले पनि आफ्नो पाइटल पाकिस्तानको कब्जामा रहेको स्वीकार गरेको छ।

पाकिस्तानी सेनाले एक पाइलटको भिडियो जारी गरेको छ। अर्का भारतीय पाइलटलाई सेन्ट्रल मिलिट्री हस्पिलटमा उचार गराइरहेको जनाएको थियो। पाकिस्तान सरकारको आधिकारिक ट्विटर अकाउण्टमा पनि दुई पाइलटलाई पक्राउ गरिएको दाबी गरिएको थियो। र, उनीहरुको तस्वीर पनि सार्वजनिक गरिएको थियो।

पाकिस्तानी सेनाका प्रवक्ताले अर्का भारतीय पाइलटलाई सेन्ट्रल मिलिट्री हस्पिटलमा भर्ना गराएको बताएका थिए। दिउँसो भारतीय विदेश मन्त्रालयले एक पत्रकार सम्मेलन गरेर भारतको एउटा मिग–२१ क्षतिग्रस्त भएको र एकजना पाइलट वेपत्ता भएको जनाएको थियो।

त्यसपछि साँझ पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले आफूहरुको कब्जामा दुई नभएर एक जनामात्र भारतीय पाइलट रहेको जनाएका थिए। जसको नाम अभिनन्दन हो।

उनले ट्विट गर्दै आफूहरुको कब्जामा एकजनामात्रै भारतीय पाइलट रहेको र विङ कमाण्डर अभिनन्दनलाई सेनाको आचार संहिता अनुसारको व्यवहार गरिएको बताए।

दिउँसो भारतीय विदेशमन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता रवीश कुमारले  भने, ‘पाकिस्तानले भारतीय सैनिक मुख्यालयलाई निसाना बनाउने कोशिश गर्यो, हाम्रो सेना तयारी अवस्थमा थियो। त्यसकारण पाकिस्तानको कोशिश सफल हुन सकेन। एरियल इनगेजमेन्टमा मिग–२१ बाइसनले पाकिस्तानी  विमानलाई खसायो, पाकिस्तानी साइडमा खस्दै गरेको विमान ग्राउण्ड फोर्सेसले देखेका थिए।’

उनले अगाडि भने, ‘दुर्भाग्यवश या इनजेगमेन्टमा हाम्रो मिग विमान खस्यो र पाइलट मिसिङ इन एक्शन हो। पाकिस्तानले हाम्रो पाइलटलाई हिरासतमा लिएको  दाबी गरेको छ। हामी पाकिस्तानको दाबीको खोजी  गरिरहेका छौं।’

तर साँझमा भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतीले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायुक्तलाई आफ्नो सीमामा पाकिस्तानी  सेना घुसेको भन्दै विरोध जनाएको छ। योसँग भारतले पाकिस्तानको कब्जामा आफूहरुको पाइलट भएको, उनलाई कुनै पनि प्रकारको नराम्रो व्यवहार नगर्न र  अन्तर्राष्ट्रिय कानुन अनुसार व्यवहार गर्न तथा सुरक्षित रुपमा फिर्ता आउने वातावरण सुनिश्चित गर्न माग गरेको छ।

पाकिस्तानी सेनाले एउटा भिडियो जारी गरेको थियो। पाकिस्तानी सेनाले उक्त भिडियो भारतीय पाइलटको हो जसलाई पाकिस्तानी सीमा भित्र पक्राउ गरिएको दाबी गरेको छ।

भिडियोमा भारती वायु सेनाको पोशाक लगाएका व्यक्तिको आँखामा पट्टी बाँधिएको छ। यी व्यक्तिले आफूलाई विङ कमाण्डर बताउँदै आफ्नो नाम अभिनन्दन भएको बताएका छन्।

ती व्यक्तिको पोशाकमा अंग्रेजीमा उनको नाम पनि लेखिएको छ। यी व्यक्तिले आफ्नो सर्भिस नम्बर पनि बताएका छन्। यो भिडियोमा उनले के आफू पाकिस्तानी सेनाको कब्जामा छु भन्दै प्रश्न गरिरहेका छन्।

Leave A Reply

Your email address will not be published.