News Portal

पाकिस्तानी प्रधानमन्त्री बोले : भारतलाई हाम्रो शक्ति देखाइदियौं, हामी पनि आक्रमण गर्नसक्छौं

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले युद्धबाट समाधान ननिस्कने बताएका छन् । काश्मिरको पुलवामा घटनालाई लिएर भारतले आक्रमण सुरु गरेपछि मंगलवार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री खानले भारतका लडाकु विमान खसालेर पाकिस्तानले आफ्नो शक्ति देखाएको टिप्पणी गरे । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

‘जब हिजो विहान भारतका तर्फबाट कारवाही भयो, हामीले समीक्षा गर्यौं र आज विहान जवाफी कारवाही गर्याैं । हाम्रो कुनै पूर्वयोजना थिएन’, उनले भने, ‘हामी हिन्दूस्तानलाई यति बताउन चाहन्थ्यौ कि हामीमा क्षमता छ, तपाईहरू हाम्रो मुलुकमा आउन सक्नुहुन्छ भने हामीहरू पनि तपाईको देशमा गएर आक्रमण गर्नसक्छौं । यसको उद्देश्य यति मात्रै हो ।’

उनले हतियार र युद्धबाट समस्याको समाधान ननिस्कने भन्दै भारतसँग पुनः वार्ताको प्रस्ताव गरे । उनले भारतको ‘मिस क्यालकुलेसन’बाट उत्पन्न दुर्घटना नरेन्द्र मोदीको नियन्त्रणमा नरहने पनि स्पष्ट पारे । ‘म फेरि आग्रह गर्न चाहन्छु कि पुलवामा घटनाबाट जे क्षती हुन पुगेको छ, त्यसलाई लिएर हामी आतंकवादविरुद्ध वार्ता गर्न तयार छौं । अहिलेको समयमा वार्तामा बसेर समस्याको समाधान खोज्नु प्रमुख आवश्यकता हो’, उनले भने ।

पाकिस्तानले खसाल्यो भारतीय विमान – पाकिस्तानी सेनाले भारतका दुई लडाकु विमान खसालेको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै पाकिस्तानी वायु सेनाले पाकिस्तानको आकासमा देखिएका दुई भारतीय विमान खसालेको बताएका छन् । एक पाइलटलाई समेत पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको छ ।

समाचार संस्था एपीका अनुसार, ‘भारतीय एयर फोर्स बिमान भारतीय अधिनस्त कस्मिरमा दुर्घटनाग्रस्त भएको छ, क्षतीको विवरण भने आएको छैन ।’ त्यसको १७ मिनटमा कस्मिरको सीमाना पार गरेका दुई भारतीय युद्ध बिमान खसाली पाइलटलाई नियन्त्रणमा लिएको पाकिस्तानी सेनाका प्रवक्ताले जनाएका छन् ।’

संयम रहन दुवै पक्षलाई आग्रह – वासिंग्टन । भारत र पाकिस्तानबीच जारी तनाव कम गर्न केही नियन्त्रणमा रहेर मात्र थप क्रियाकलाप गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आग्रह गरेका छन् ।अमेरिकी विदेश मन्त्रालयबाट मन्त्री पोम्पेओले जारी गरेको विज्ञप्तिमा उक्त आग्रह गरिएको हो । हाल भियतनामको हनोईमा रहेका पोम्पेओले भारतीय विदेशमन्त्री शुस्मा स्वराज र पाकिस्तानी विदेशमन्त्री शाह मोहमद कुरेसीसँग कुराकानी गरेका छन् ।

जारी तनावलाई बढावा नदिई संयम अपनाउन संयुक्तराज्य अमेरिकाले सधैँ प्रयास जारी राख्ने पोम्पेओले बताएका छन् । प्रत्यक्ष वार्ताका लागि दुबै मन्त्रीलाई अनुरोध गरेको र थप सैन्य कारबाही रोक्न अमेरिकी उच्च कुटनीतिज्ञले आग्रह गरेका छन् ।यही फेब्रुअरीको १४ तारिखमा भारत प्रशासित काश्मिरमा भएको आत्मघाती हमलामा कम्तीमा ४० जना सशस्त्र प्रहरीको ज्यान गएपछि यी दुई छिमेकीबीच तनाव उत्पन्न भएको छ ।सो आक्रमणमा भारतले पाकिस्तानी पक्षको हात रहेको बताएको छ तर पाकिस्तानले भने त्यो आरोपको खण्डन गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.