News Portal

उनीहरुले मेरा सबै कपडा च्यातिदिए, म चिच्याइरहें, तर बचाउन कोही आएनन्

एजेन्सी। बठिंडा,अबोहरको हिन्दुमलकोटमा एउटा विवाह समारोहमा सहभागी हुन गएकी अर्केस्ट्रा डान्सरलाई उनीसँगै गएकी आर्केस्ट्रा संचालितकाले दश हजार रुपैयाँ माग गरिन्। आर्केष्ट्रा संचालिकाले डान्सर युवतीलाई कोल्ड ड्रिंकमा नशिलो पदार्थ मिलाएर एक घण्टाकालागि तीन युवालाई दिइन्।ती युवाहरुले डान्सर युवतीको बलात्कार गर्ने कोशिश गरे। तर युवती कसैगरी युवाहरुको चंगुलबाट जोगिएर बठिंडा पुग्न सफल भइन्।

युवतीमाथि जबर्जस्ती गर्न खोज्दा युवतीका सबैजसो कपडा च्यातिएका छन्। युवतीका श्रीमानले बेहोश भएको अवस्थामा युवतीलाई सरकारी अस्पताल भर्ना गराएका छन्। प्रहरीले पीडित युवतीको बयान लिएका छन्।सरकारी अस्पतालमा भर्ना भएकी २८ वर्षीया युवतीले आफूले आर्केष्ट्रा काम गर्ने बताएकी छन्। सोमबार अबोहरको हिन्दुमलकोटको एक प्यालेशमा विवाह समारोह थियो। युवतीलाई उक्त विवाहमा आर्केष्ट्रा संचालिकाले लिएर गएकी थिइन्।

कार्यक्रम सकिएपछि पाँच बजे आर्केष्ट्रा संचालिकासँग बंठिडातर्फ प्रस्थान गरे। उनीहरु चढेको कार केही पर पुगेको थियो, कारमा समस्या देखियो। आर्केष्ट्रा संचालिकाले सरपंचलाई फोन गरिन् र अर्को गाडी बोलाइन्। गाडी बनाएपछि गाडीलाई बसपार्क नजिकै पार्किङमा राखे। र ती दुई जना सरपंचले उनीहरुलाई आफूसँग लिएर गए।गाडी फेरि बंठिडातर्फ अगाडि बढ्यो। यहीबीच आर्केष्ट्रा संचालिकाले यी युवतीलाई दुई वटा कोल्ड ड्रिंक पिलाइन्। त्यसपछि आर्केष्ट्रा संचालिकाले फोनमा कसैसँग कुरा गरिन्। फोनमा उनले भनिन्, ‘युवती राम्री छन्। एक घण्टाको दश हजार रुपैयाँ पर्छ।’

पीडित युवतीका अनुसार उनले आफूले यो वार्गेनिङ भइरहेको हो भन्ने थाहा नपाएर उनको कुरामा त्यति ध्यान नदिएको बताइन्। योबीचमा पानी पर्न थाल्यो र अँध्यारो पनि भयो। मलोट रोडमा आर्केष्ट्रा संचालिकाले युवतीलाई ट्वाइलेट गर्न बाहिर बोलाइन्। तर युवतीले अस्वीकार गरिन्। जबर्जस्ती गरेपछि उनी कारबाट झरिन्। उनी झरेपछि तीन युवकले जबर्जस्ती तानेर झाडीमा लग्न थाले। उनी चिच्याउन थालिन् तर कसैले पनि उनको चिच्याहट सुनेनन्।अर्धबेहोसी अवस्थमा रहेकी युवतीले आफूमाथि के हुँदैछ भन्ने कुरा थाहा पाइन्। तीनै जनाले युवतीमाथि जबर्जस्ती गर्न थाले। कसै गरी युवती ती युवकको चंगुलबाट बचेर भाग्न सफल भइन्।

Leave A Reply

Your email address will not be published.