News Portal

गायक सुमन सुनारको नयाँ पप आधुनिक गीत सार्वजनिक

काठमाडौँ । बुर्तिबाङमा रहेर पत्रकारिता गर्दै आएका गायक सुमन सुनारको नयाँ पप आधुनिक गीत सार्वजनिक भएको छ । “मेरो कल्पनामा सधै आउँछेउ तिमी” बोलको गीत म्युजिक वाल नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक यस गीतमा गायक सुमन सुनार र गायिका मेलिना राईले स्वर भरेका छन् भने सुरज श्रेष्ठ र सुक्मित घिसिङको अभिनय रहेको छ । संगिता घिमिरेको शब्द रहेको सो गीत राजेन्द्र बजगाईको संगीत तथा एरेन्ज र प्रकाश केसीको मिक्सीङमा गीत तयार भएको हो ।

गायक सुनारको यसअघि “मलाइ छोडी जान्छेउ भने”, “दुश्मन भयौ जिन्दगीमा”, “के रैछ यो माया भन्ने मरिहत्ते गर्छन सबै”, “म जिउछु त तिम्रो साथ” लगायतका आधुनिक गीतले सफलता पाइसकेका छन् भने अहिले सार्वजनिक गरिएको “मेरो कल्पनामा सधै आउँछेउ तिमी” बोलको गीतले उनको सांगीतिक करियरमा थप उचाइ दिने अपेक्षा गरिएको छ ।भिडियो :

Leave A Reply

Your email address will not be published.