News Portal

किन हुन्छ स्वप्नदोष ? यस्ता छन् स्वप्नदोषबाट बच्ने ५ उपाय

वेट ड्रिम्स अर्थात् स्वप्नदोष एक अनैच्छिक आर्गेज्म हुने गर्छ, जो कसैलाई पनि तब हुनसक्छ जबकी उ निन्द्रा हुन्छ । यो पुरुषहरूमा हुने एक सामान्य यौनिक घटना हो, जो या त कपडाको कारणले होस् या फेरि सुत्ने तरिकाको कारणले हुने यौन उत्तेजनाको परिणाम हुने गर्छ ।

हप्तामा एकपटक हुने स्वप्नदोष सामान्य हुन्छ । अधिकांश मानिसले यसलाई असामान्य घटनाको रूपमा हेर्ने गर्दछन् र यसलाई सेक्शुअल डिसअर्डर ठानेर चिन्तित रहन्छन् । जबकी वेट ड्रिम्सको कारण चिन्तित हुनुपर्ने कुनै आवश्यकता छैन । यो शरीरको कार्यप्रणालीको सुचारू रूपले संचालनको सूचक पनि हुन्छ । तरपनि यदि तपाई यसबाट छुटकारा पाउन चाहनुहुन्छ भने यसको पनि केही उपायहरू रहेका छन् । पुरुषहरूमा हुने यस सामान्य समस्याबाट बँच्नका लागि तपाई यी उपायलाई अपनाउन सक्नुहुन्छ ।

तनावबाट मुक्ति- वेट ड्रिम्स हुने सम्भावना तब सबैभन्दा बढी हुन्छ जब तपाई अधिक तनावमा हुनुहुन्छ । यसकारण सधैँ आफूलाई तनावमुक्त राख्ने कोशिश गर्नुहोस् । साथै प्रयाप्त निन्द्रा लिनुहोस् र आफ्नो खानपानमा पोषक तत्व समावेश गर्नुहोस् । स्वास्थ्यवर्धक आहार, प्रयाप्त निन्द्रा र नियमित व्यायामको सहायताले वेट ड्रिम्सको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

सुत्ने तरिका- वेट ड्रिम्सबाट बँच्नका लागि आफ्नो सुत्ने तरिकामा केही परिवर्तन ल्याउन आवश्यक हुन्छ । यदि तपाई निन्द्रामा उत्तेजित र स्खलित हुन चाहनु हुन्न भने दायाँतर्फ भएर सुत्नुपर्दछ । यसको साथै तपाई एकदम कसिलो अन्डरगार्मेन्ट्स लगाउनबाट बँच्नुपर्दछ ।

बढी पोर्न हेर्नु हुँदैन- अधिक मात्रामा विशेषगरि जब तपाई सुत्न जाँदै हुनुहुन्छ भए पोर्न हेर्नुको कारणले अश्लील विचारहरू दिमाग सधैँ भरिन्छ । यसकारणले स्वप्नदोषको समस्या हुनसक्छ ।

चिसो शावरको प्रयोग- यौनिक संवेदनशीलताको सबैभन्दा ठूलो कारण तातो पानीले नुहाउनु हो । यसकारण चिसो पानीले नुहाउने कोशिश गर्नुहोस् । यो जेनिटल सेन्सेटिभिटीलाई कम गर्न मद्दत गर्छ । जसबाट स्वप्नदोषको समस्या हुँदैन ।

मसालेदार खाना कम खानुहोस्- मसालेदार खाना गरम प्रकृतिको हुन्छ । यसकारण यसले स्वप्नदोषलाई बढाउँछ । रातिमा कफी पिउनु पनि वेट ड्रिम्सको समस्यालाई बढाउँछ ।

Leave A Reply

Your email address will not be published.