News Portal

गुराँसलाई हिँउले स्पर्श गर्दा,आहा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको उत्तरी म्याग्दीको जंगलमा हिउँले ढाकिएको गुराँसको बोट ।हिस्तानको जंगलमा यतिबेला मनै लोभ्याउने गुराँसहरु फूलेका छन् ।हिउँले गुराँसलाई स्पर्श गर्दा निकै मनमोहक दृश्य देखिएको छ । तस्बिरः कमल खत्री,रासस

हवाई सेवा ठप्प – सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रुपमा चिनिएको सोलुखुम्बुमा आज कुनै पनि विमानस्थलमा उडान हुन सकेन । तेञ्जिङहिलारी विमानस्थल र फाप्लु विमानस्थलमा नियमित उडान भइरहेको भए पनि भारी हिमपातका कारण कुनै पनि उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

जिल्लामा चारवटा विमानस्थल भए पनि हाल दुई वटा मात्रै सञ्चालनमा रहेको छ । सञ्चालित विमानस्थलमा हिउँ जम्नाका साथै मौसम प्रतिकुलताको कारण उडान तथा अवतरण हुन नसकेको हो ।

Leave A Reply

Your email address will not be published.