News Portal

पहिलो हप्ताको सफलता सङ्गै दोश्रो हप्तामा रुमालै छ चिनो (अन्तर्वार्ता सहित)

काठमाडौ । ज्योती फिल्मस प्रा.लि. को ब्यानरमा निर्माण भएको चलचित्र “रुमालै छ चिनो” प्रदर्शनको दोश्रो हप्तामा प्रवेश गरेको छ । चन्द्र बहादुर खड्का निर्माता रहेको यो चलचित्र आज देखि दोश्रो हप्तामा प्रवेश गरेको हो ।

चर्चित लोक दोहोरी गायक समेत रहेका रेशम थापा प्रस्तुतकर्ता रहेको चलचित्र रुमालै छ चिनो गत शुक्रबार अर्थात फगुन १० गतेदेखी देशब्यापी प्रदर्शनमा आएको थियो । सुरुमा ५३ हल र दर्शकको आकर्षण बढ्न थाले पछि ६० वटा हलम प्रदर्शन भएको यो चलचित्रले एक हप्ता भित्रमा तीन करोड भन्दा बढी कमाइ गर्न सफल भएको बताइएको छ । जसले गर्दा पनि दोश्रो हप्तामा यस चलचित्रले हल पाएको छ । निर्माता चन्द्र बहादुर खड्काका अनुसार यो चलचित्र अझै अर्को हप्ता पनि जान सक्छ ।

दिनेश सिंह ठकुरीको लेखन तथा निर्देशन रहेको “रुमालै छ चिनो” हाल उपत्यकाका गुण, गोपिकृष्ण, बाराही लगायतका सिनेमा हलहरुमा प्रदर्शन भै रहेको छ । चलचित्रमा किशोर खतिवडा, सन्चिता लुइँटेल, सुशान्त कार्की, अफ्सना थापा, मिथिला शर्मा, सुरबीर पण्डित, रश्मि भट्ट लगायतका कलाकारहरुले अभिनय गरेका छन ।

विभिन्न प्रकारका ब्यवसायिक क्षेत्रमा आवद्ध रहदै हाल इन्स्योरेन्स क्षेत्रमा रहेका चन्द्र बहादुर खड्काले पहिलो पटक यो चलचित्र निर्माण गरेको भएता पनि उनले रुमालै छ चिनो पैसा कमाउनको लागि मात्र निर्माण नगरेको बताएका थिए । लगातार न्युनतम अरु चार वटा चलचित्र निर्माण गर्ने तयारिमा आफू रहेको उनको भनाइ रहेको थियो ।

चलचित्र प्रदर्शन हुनै लाग्दा निर्माता चन्द्र बहादुर खड्का सङ्ग गरिएको कुराकानी हेर्न लिङ्कमा जानुहोस :
https://youtu.be/venXcgMiSRA

Leave A Reply

Your email address will not be published.