News Portal

हरेक क्षेत्रमा सफल मुखिया

काठमाडौ । बहु प्रतिभाका धनि छन् दिपांकर मुखिया । उनि आफै गीत लेख्छन्, संगित भर्छन र गाउँछन् पनि । पहिले गायन बिधालाई त्यति चासो राख्दैनथ्ये उनि । तर, उनको गीत, सङ्गीत सबैले मन पराउथे । सबै तिरबाट सकारात्मक प्रतिक्रिया आएपछि गायनको सुरुवात उनले साई भजनबाट गरेका हुन् ।

२००० मा फ्रेण्डसर्कल नामक म्युजिकल ब्याण्डमा संलग्न भई आफ्नो गायकीपनलाई उनले आगाडी बढाएका थिए । २००१ मा एउटा कार्यक्रममा आफ्नो प्रस्तुति दिदा सबैबाट प्रसंशा पाएर हौसिएका मुखियाले २००५ मा एल्बम ‘चक्रब्यु’ का लागि एकल गीत रेकर्डिङ गरेका थिए । उनले चलचित्रका लागि पनि गीत लेखेका छन् । तिमि र म, भाग्य विधाता, फ्रेण्डस् लगायतका चलचित्रमा उनको शब्द रहेको छ । मण्डला प्रोडक्शल होमबाट निर्मित चलचित्र ‘गेम’ दार्जलिङ र सिक्किममा विशेष शो भैसकेको छ त्यसमा उनको संलग्नता थियो भने चलचित्रका निर्देशक प्रियम क्षेत्री हुन् । यही ब्यानरबाट निर्मित पछिल्लो चलचित्र ‘चालिसे वैंस’मा उनले सङ्गीत दिनुका साथै खलपात्रको भूमिका निभाएका छन् । उनि अभिनित पहिलो चलचित्र ‘तिमि र म’बाट पनि राम्रै चर्चा बटुलेका थिए । बहुप्रतिभाका धनि दिपांकर मुखियाको शब्द, सङ्गीतमा प्रबल थापा, यान्की चोलोमो, संगिता थापा गुरुङ, अर्जुन चामलिङ, सोभना प्रधान लगायत थुप्रै चर्चित गायक, गायिकाहरुले गायिसकेका छन् । बेष्ट कम्पोनर अवार्ड २००२ र बेष्ट पप भोकल अवार्ड २००६ बाट सम्मानित भैसकेका मुखिया यतिबेला नयाँ एल्बमको तयारीमा जुटेका छन् । बुबा करम मुखिया र आमा सोनियाको सुपुत्र दिपांकर मुखिया दार्जलिङका स्थानिय वासिन्दा भएपनि हाल सिक्किम ग्यान्टोकमा आफ्नै ब्यवसाय सञ्चालन गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.