News Portal

दक्षिण कोरिया र जापानको बीचमा विवादित टापुमा एक्लै बस्छिन् ८१ वर्षकी वृद्ध महिला

सियोल। दक्षिण कोरिया र जापानको बीचमा रहेको दोकोदो टापु विगत २५० वर्षदेखि खाली छ । यो टापुलाई लिएर २ देशबीच विवाद छ जो अझैसम्म कायमै छ । यही कारण लामो समयदेखि यो टापुको विकास हुन पाएको छैन । तर, ८१ वर्षकी किम सिन योल विगत २८ वर्षदेखि यो टापुमा बसिरहेकी छिन् । खास कुरा त के भने यो टापुमा बस्ने उनी एक्ली नागरिक हुन् । यसका बावजुद उनी टापु छोड्न तयार छैनन् ।

दोकोदो टापुमाथि दक्षिण कोरिया र जापान दुवै देशले आफ्नो अधिकार भएको दावी गर्छन् । दक्षिण कोरियाको दावी छ कि यो टापु १७ औं शताब्दीदेखि उसको अंग हो अर्कोतर्फ जापान पनि यसलाई आफना नागरिकको हिस्सा मान्छ । दक्षिण कोरियाको नजिक भएर पनि यहाँ पर्यटक मात्र पुग्छन् । उनीहरु पनि ज्वालामुखीका कारण धेरै दिन बस्न सक्दैनन् । किम सिन योल पहिलो पटक १९९१ मा आफ्ना पतिसँग यो टापुमा आएकी थिइन् । प्राकृतिक ग्यास र खनिजले भरपुर भएर पनि आधारभूत आवश्यकताको कमीका कारण यहाँ बस्न निकै कठिन थियो ।

खराब मोसमका क्रममा कैयौं पटक यो टापुको नजिकका शहरसँग सम्बन्ध काटिन्थ्यो तर ‘फ्रि डाइभिङ’मा सिपालु यी महिलाका लागि यहाँ बस्नु कहिल्यै कठिन भएन । किमका अनुसार उनले माछा मात्र खाएर कैयौं हप्ता बिताएकी छिन् । समस्याका बाबजुद किमले यहाँ बस्ने निश्चय गरिन् र लामो समयसम्म कुनै सहयोगबिना यहाँकी स्थानीय नागरिक बनिन् । गत वर्ष पतिको निधन भएपछि पनि किम यो टापु छाड्न चाहन्नन् ।

पुलिसकर्मी र लाइटहाउस अपरेटर केही दिनको लागि यहाँ आउँछन् र मुस्किल परिस्थिति देखेर फर्किन्छन् तर किम बढिरहेको उमेरमा पनि कोरियाली मेनल्याण्ड फर्कन चाहन्नन् । टापु विवादित हुँदाहुँदै पनि कैयौंले यहाँ बस्ने इच्छा देखाइसकेका छन् तर स्थानीय सरकार सुविधाको कमीका कारण यहाँ कसैलाई पठाउन चाहँदैन । एक अधिकारीले अमेरिकी मिडिया सिएनएनको बताए कि टापुमा एक परिवार मात्र बस्न सक्ने ठाउँ छ । यस्तोमा यहाँ कसैलाई बस्ने अनुमति दिन सकिन्न ।

Leave A Reply

Your email address will not be published.