News Portal

पूर्वउपप्रधान तथा अर्थमन्त्री अधिकारीको निधन

अन्तिम श्रद्धाञ्जलीका लागि आज विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने

काठमाडौँ । ह्याम्स अस्पतालको भेन्टिलेटरमा रहेका पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको एकाएक सामाजिक संञ्जालमा भने उनको निधन भएको खबर फैलिएको छ ।

तीन सातादेखि उपचाररत अधिकारीलाई कृत्रिम स्वासप्रस्वास दिएर राखिएको र अहिले चिकित्सक र परिवारका सदस्य आकस्मिक बैठकमा रहेकाे अस्पताल श्राेतले जनाएकाे छ । तर एकाएक उनको निधनको खबर कसरी सामाजिक संञ्जालमा उनको निधन प्रति श्रद्धाञ्जली सहितको फोटो जताततै भेटिनु चासोको बिषय बनेको छ । फेसबुकमा उनको निधन प्रति श्रद्धाञ्जली सहितको फोटो जताततै भेटिन थालेको छ ।

परिवारका सदस्य र चिकित्सक आकस्मिक बैठकमा सहभागी हुँदा अस्पतालमा पूर्वप्रधानमन्त्रीसहितका नेताको भिडभाड छ। अस्पतालमा पूर्वप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधव नेपाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री गिरीराजमणि पोखरेललगायत उपस्थित छन्।

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको ८२ बर्षको उमेरमा निधन भएको छ । नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो ।अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपा नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।अधिकारीका श्रीमती र तीन छोरी छन् ।

Leave A Reply

Your email address will not be published.