News Portal

सुरक्षा निगरानीका लागि भन्दै सीसी क्यामेरा राखिन्छ : सीसी क्यामेरा भएकै ठाउँबाट चोरी हुदा पनि चोर समातिदैन

रुपन्देही । सीसी क्यामेरा । कार्यालय, पसल तथा सार्वजनिक स्थानमा सुरक्षा निगरानीका लागि भन्दै सीसी क्यामेरा राखिन्छ । कुनै चोरी, डकैती, अपराघका घटना तथा दुर्घटनाभएमा सम्पूर्ण घटनाहरु कैद हुने र अपराधि पत्ता लगाउन सजिलो हुने भएकाले यसको प्रयोग दिनानु दिन बढ्दो छ । तर सीसी क्यामेरामा देखिएका व्यक्ति समेत प्रहरीले पक्राउ गर्न नसकेपछि रुपन्देहीका सुन पसलमा चोरी हुने क्रम बढेको छ ।

शुक्रबार बिहान ५ बजे भैरहवास्थित बैंकरोडमा रहेको बिके ज्वेलर्समा चोरी भयो । समुहमा आएका मध्य २ जना पसलको चाबी फोडेर पसल भित्र छिर्छन र एकै छिन्मा सबै खानतलासी गर्दै ७ लाख बराबरको सुनका गहना टिपेर भाग्छन् ।चोरी गर्ने यी २ युवाको अनुहार क्यामेरामा स्पष्ट देखिन्छ । उनीहरु सीसी क्यामेरामा कैद भएका छन् । तर अहिलेसम्म पक्राउ परेका छैनन ।सुन पसल चोरी हुने, सीसी क्यामेरामा चोर कैद हुने तर प्रहरीले पक्राउ गर्न नसक्ने यो घटना पहिलो भने होइन २०६८ सालमा शुभलक्ष्मी ज्वलेर्सबाट १ करोड ५० लाख बरारको सुन चोरी भएको थियो भने २०७० मा मेहश्वर सुनचाँदी पसलबाट ६० लाख बराबरको सुन चोरी भएको थियो ।

केही समय अघि मात्रै बुटवल स्थित रेसुगां सुनचाँदी पसलबाट १ करोड बराबरको सुन चोरी भएको थियो । जिल्लामा बर्सेनि करोडौ रुपैयाँ बराबरको सुनचाँदी चोरी हुँदै आएको छ । तर, घटनामा संलग्न को थिए भन्ने प्रहरीले अझैसम्म सुइको समेत पाएको छैन ।यसरी सीसी क्यामेरा चोरको अनुहार चिनिन्छ तर व्यक्ति पत्तो लाग्दैन । जसका कारण व्यवसाय सुरक्षित हुन सकेको छैन भने चोरको मनोबल बड्ने र सुरक्षा चुनौती झन् थपिदै गएको छ ।

Leave A Reply

Your email address will not be published.