News Portal

फागुन २० गते हुने महाशिवरात्रीका लागि पशुपतिमा सम्पुर्ण तयारी पूरा

काठमाडाैँ । फागुन २० गते हुने महाशिवरात्रीका लागि पशुपति क्षेत्र विकास कोषले सम्पुर्ण तयारी पूरा गरेको छ । विकास कोषले पत्रकार सम्मेलन गरी महाशिवरात्रिका लागि सबै तयारी भएको जनाएको हो ।

पशुपति दर्शनका लागि विभिन्न तीन स्थानमा लाइन व्यवस्था गर्ने भएको छ । विकास कोषका अनुसार मित्रपार्क , गौरीघाट भएर उमाकुण्ड दक्षिणमूर्ति हुदै रुद्रगाडेश्वर उत्तर ढोका, जयबागेश्वरी ईँटापाखा भएर भुवनेश्वरीमा रहेको फलामको सानो ढोकाबाट पश्चिम ढोकाबाट , र बत्तिसपुलती, गौशाला तथा एअरपोर्ट गौशाला भएर पिङ्गलास्थान सुमार्गी भवन अगाडि चारशिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट गरी तीन स्थानबाट लाइन राख्ने भएको छ ।

शिवरात्रीमा पशुपति दर्शन गर्नेहरूका लागि नेपाल स्काउटसंगै ४ हजार भन्दा बढी स्वयंसेवक परिचालन गरिने विकास कोषले जनाए । पशुपतिमा शिवरात्रीका दिन नेपाली सेनाको मूल स्वास्थ्य शिविर राखिने भएको छ ।

Leave A Reply

Your email address will not be published.