News Portal

एक्कासी ह्वातै घट्यो सुनचाँदीको मुल्य , हेर्नुहोस् यस्तो छ आजको भाउ

काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनको मुल्य ह्वातै घटेको छ ।आज सुनको मुल्य तोलामा एक्कासी ५ सय रुपैयाले घटेको हो । शुक्रबार प्रतितोला ६२ हजार रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज एक्कासी ५ सय रुपैयाले घटेर ६१ हजार ५ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ६१ हजार २ सय रुपैयामा किनबेच भइरहेको छ ।त्यसैगरी आज चाँदीको मुल्य पनि १० रुपैयाले घटेर तोलामा ७ सय ६० मा कायम रहेको महासंघले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.