News Portal

लोकप्रिय गायक शिव परियारको नयाँ गीत “घाम चर्के पानी” बोलको आमाप्रति समर्पित गीत सार्वजनिक

काठमाडौँ । नेपाली सुगम संगीत क्षेत्रका निक्कै लोकप्रिय तथा चर्चित गायक शिव परियारको नयाँ गीत “घाम चर्के पानी” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

गीतलाई कडारिया इन्टरटेनमेन्ट अफिसियल युट्युब च्यानल मार्फत फेब्रुअरी २८ मा सार्वजनिक गरिएको हो । “घाम चर्के पानी” गीत गायक परियारको आमा नामक एल्बममा समावेश एउटा गीत हो ।

सार्वजनिक गीतमा रमेश कडारिया को शब्द तथा संगीत रहेको छ भने स्वर रहेको छ गायक शिव परियारको । गीतलाई एरेन्ज गरेका छन् आशिष अविरलले । गीतको भिडियोमा टिकादेवी कडारिया र रमेश कडारियाले अभिनय गरेका छन् ।

जितेन्द्र राजोपाध्यायले निर्देशन तथा सम्पादन गरेको यस गीतका भिडियोमा आमाप्रतिको माया र आमाको स्नेहलाई निकै राम्रो ढङ्गमा प्रस्तुत गरिएको छ । साथै आमासँग टाढिँदाको पीडालाई दर्साइएको छ ।हेर्नुस् भिडियो :

Leave A Reply

Your email address will not be published.