News Portal

हेलिकोप्टर दुर्घटनामा निधन भएका आङ छिरिङ शेर्पाको आज अन्त्येष्टि

काठमाडौं । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका छिरिङ शेर्पाको आज अन्त्येष्टि गरिएको छ । यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको आइतबार बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । उनको बौद्ध परम्परा अनुसार काठमाडौंको टेकू दोभानमा अन्त्येष्टि गरिएको हो ।

शेर्पाको अन्त्येष्टिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका पर्यटन व्यवसायीहरु साथै विमान चालकहरुको पनि सहभागिता रहेको थियो ।शेर्पाको अन्त्येष्टिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता योगेशकुमार भट्टराई, विभिन्न राजनीतिक दलहरु सांसदहरुको पनि सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.