News Portal

पशुपतिनाथ मन्दिरमा नागाबाबाहरुको चर्तिकला सुरु (हेर्नुहोस् भिडियो)

काठमाडौ । आज हिन्दुहरुको महान पर्व महाशिवरात्रीको अघिल्लो दिन । हिन्दुहरुका आराध्यदेव पशुपतिनाथको मन्दिरमा विशेष चहलपहल शुरु भइसकेको छ । त्यहाँ भक्तालु र बाबाहरुको चहलपहल ह्वातै बढेको छ।

शिवरात्रीको केही दिन अघिदेखि नै नेपाल र भारतबाट विभिन्न भेषधारी बाबाहरु पशुपति आउने गर्दछन् । शिवरात्रीमा पशुपतिमा सयौँको संख्यामा बाबाहरु आउने गर्छन् । यसपटक शिवरात्री यही फागुन २० गते सोमबार अर्थात भोली परेको छ।

शिवरात्रीको सम्पूर्ण तयारी पूरा भएको पशुपति विकास कोषले जनाएको छ। शिवरात्रीको विशेष आकर्षण मानिदै आएका बाबाहरुको आगमन यो बर्षपनि उल्लेखनीय छ । यसैले पशुपतिमा खास उल्लास छाईसकेको छ । शिवरात्रीमा पशुपतिनाथ मन्दिरमा नागाबाबाहरुले गरे यस्तो चर्तिकला, नागा बाबाले देखाउ”दा पशुपतीमा बबाल…हेर्नुहोस् भिडियो:

Leave A Reply

Your email address will not be published.