News Portal

मिल्छ भने मेरो दुबै आँखा लिनुहोस्, म दिन तयार छु रमेश जी

जिन्दगीलाई पूर्ण बनाउन त कहिले पनि नसकिएला तरपनि जीवन्त बनाउने प्रयास भने निरन्तर गरिरहनु पर्छ भन्ने कुरा आज मैले यो तस्विर हेरेर सिकें। धन्यबाद छ ती नेपाल आमाहरुलाई जस्ले रमेश प्रसाई र रबि लामिछाने जस्ता छोराहरुलाई यो धर्तीमा पाईला टेकाईदिए।सानै उमेरमा बुबाआमा गुमाएर जिन्दगीका अनेकौं अभाब, दुख र संघर्षका नागीहरु छिचोल्दै आफ्ना सपनाहरुलाई तिलान्जली दिएर देशका निम्ति समर्पित हुँदै आफ्नो कर्मले ३ करोड नेपालीको मन जित्न सफल रबि लामिछाने र निम्न बर्गीय परिवारमा असाधारण क्षमता बोकेर जन्मिएका , सानो छँदा हेपिएका, चेपिएका , गिज्याईएका र कठै भनिएका रमेश प्रसाई जस्ले आफुलाई अरुको आँखाबाट नहेरी आफ्नो मनको आँखाबाट आफूलाई अवलोकन गरेर आफुभित्रै सम्भावना खोजे र त्यो सम्भावनालाई आफ्नो आवाजमा परिणत गरेर आज पुरै देशै हल्लाउन सफल भए, यी दुई ब्यक्तिहरु नै मेरो नजरमा आजका देशका असली हिरोहरु हुन् ।

“पब्लिक स्पीकर २“ मा प्रथम भई आफूले जितेको ३ लाख नगद मध्ये एकलाख रकम रास्कोट अस्पतालको लागि रमेश प्रसाईले दिएका छन्। चन्दा उठाएर समाजसेवी बन्न खोजिस् , गरिबको गाँस लुटेर पैसा मागिस् भन्नेहरुले रमेश प्रसाईँबाट केहि सिक्नुहोला..! एउटा ब्यक्ति जस्को आर्थिक स्थिति यसै कमजोर छ, उसमाथी पनि अरु साधारण मानिस जस्तो हिँड्न , दौडन र उफ्रन सक्दैन, जस्को बाहिरी संसार जन्मजातै अन्धकार छ, त्यस्तो ब्यक्तिले समेत आफूले पाएको पुरस्कारको ३३ प्रतिशत रकम दुर्गम ठाउँका बालबच्चा र सुत्केरीले बाँच्न पाउनु पर्छ भन्दै सहयोग गरेको छ। एउटा गरिबको लागि एकलाख रुपैया धेरै ठूलो पैसा हो मेरोजस्तो गरिब देशमा।पुरा भिडियो हेर्नुहोस

Leave A Reply

Your email address will not be published.