News Portal

चर्चित हाँस्यकलाकार विल्सन विक्रम राई ‘तम्मे बुढा’को नयाँ गीत सार्वजनिक

चर्चित हाँस्यकलाकार विल्सन विक्रम राई ‘तम्मे बुढा’को नयाँ गीत सार्बजनिक भएको छ । उनले ‘साइकलको घण्टी’बोलको कमेडी गीत बजारमा ल्याएका हुन् । यस गितमा विल्सन विक्रम राई ‘तम्मे बुढा को बेजोड अभिनय रहेको छ । विल्सनका साथमा उक्त म्युजिक भिडियोमा रेखा लिम्बू र भिमफेदी गाइजको अभिनय एवं नृत्य रहेको छ ।

यस भिडियो विल्सनकै निर्देशनमा बनेको हो । उक्त भिडियो ‘तक्मेबुढा डटकम’नामक युटुब च्यानलमार्फत् सार्वजनिक भएको हो । यस्तै भ्वाइस अफ नेपालका विजेता सीडी विजय अधिकारीको संगीतमा बनेको उक्त गीतमा सौरभ तिम्सेनाको शब्द तथा रिकेश गुरुङको एरेन्ज रहेको छ ।यता गीतमा गायक दर्शन वाग्लेको स्वर रहेको छ ।

Leave A Reply

Your email address will not be published.