News Portal

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य सुरु, धुर्मुस आफैंले सिमेन्ट बोके

चितवन – चितवनको भरतपुरमा धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य सुरु भएको छ । यस रंगशालाको औपचारिक शिलान्यास हुन भनेका बाँकी रहेको छ । हास्यकलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली नेतृत्व रहेको धुर्मुस–सुन्तली फाउन्डेसनले यो रंगशाला निर्माण गर्न लागेको हो । यो रंगशाला २० विगाहा ८ कठ्ठामा निर्माण गर्न लागिएको हो । रंगशालाको नापजाँच गरी सबै क्षेत्रमा जस्ताको बार लगाउने कार्य भइरहेको छ । अफिस निर्माण र कम्पाउण्डलाई जस्ताले घेर्न फलामका खम्बा राख्ने क्रम चलिरहेको छ ।

सो कार्यमा धुर्मुस आफैं सिमेन्ट बोक्ने लगायत कार्यमा जुटेका छन् ।हास्यकलाकार सीताराम कट्टेल धुर्मुसले आइतबार मध्यान्न फलामको पोल गाडिरहेको ठाँउमा सिमेन्टको मसला बोक्दै गरेको तस्विर सार्वजनिक भएको छ । उनले फलामका रड काट्न समेत लागेका छन् ।भरतपुर महानगरपालिका–१६ स्थित शान्ति चोकमा रंगशाला निर्माण गर्न लागिएको छ ।

Leave A Reply

Your email address will not be published.