News Portal

आङछिरिङको घरमा पुगेर सभामुख महराले भने, ‘देशलाई उनको अभाव खड्किरहन्छ’

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका परिवारलाई भेटी समवेदना व्यक्त गरेका छन् ।बालुवाटारस्थित शेर्पाको घरमा पुगी सभामुख महराले सान्त्वना दिएको उनको सचिवालयले जनाएको छ । आङछिरिङको निधनले पर्यटन र हवाई क्षेत्रमा निकै ठूलो क्षति भएको भन्दै सभामुख महराले देशलाई उनको अभाव सधैँ खड्किरहने बताए ।

पछिल्लो समय नेपालमै ‘पाइलट ट्रेनिङ सेन्टर’ खोल्ने विषयमा आङछिरिङ र आफूले छलफल गरिरहेको स्मरण गर्दै सभामुख महराले दाङमा पाइलट ट्रेनिङ खोल्छु भनेर वचन समेत दिएको स्मरण गरे । उनले आङछिरिङकी श्रीमती, दाजु र छोरालाई धैर्यधारण गर्न र कठिन परिस्थितिको सामना गर्न अनुरोध गर्दै समवेदना व्यक्त गरेका थिए । यसैबीच सभामुख महराले आइतबार सो दुर्घटनमा परी निधन भएका अन्य व्यक्तिका परिवारलाई भेटी समवेदना व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.