News Portal

पुरानो बुलेटको च्यारिटी शो पथरीमा

फाल्गुण २२ पथरी । नेपाली चलचित्र पुरानो बुलेटको मोरङको पथरीमा सोमबार च्यारिटी शो गरिएको छ । हङकङ पछि नेपालमा पहिलोपटक नेपालमा च्यारिटी शो गरिएको हो ।

च्यारिटीमा चलचित्रका नायक अनुपबिक्रम शाही,नायिका माला लिम्बु,निर्देशक भिषण राई,कार्यकारी निर्माता सन्तोष राई लगायत निर्माताहरु पनि उपस्थित थिए । उनीहरुले दर्शक सँगै बसेर चलचित्र समेत हेरेका छन ।

पथरीका निर्माताहरुको लगानीमा रहेको चलचित्र हेर्न कञ्चन चलचित्र मन्दिर दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो । अधिकांश दृश्य पुर्बकै भएका कारण पनि पुर्बका दर्शकले चलचित्रको भरपुर मज्जा लिए । चलचित्रमा भर्जिन कथा र भर्जिन लोकेशन भएका कारण चलचित्र उत्कृष्ट बनेको दर्शकहरुले प्रतिक्रिया दिएका छन । च्यारिटीमा अधिकांश सहायक कलाकारहरु पथरी आसपासकै भएका कारण उनीहरु दृश्यमा देखिँदा चर्को हुटिङले हल गुञ्जायमान भयो ।

चलचित्रको च्यारिटीमा देखिएको उत्साहले आफु उत्साहित भएको र सकरात्मक प्रतिक्रिया पाएको कार्यकारी निर्माता सन्तोष राईले बताए ।

Leave A Reply

Your email address will not be published.