News Portal

जनकपुरधाममा वैशाखदेखि रेल आउने

फागुन २० धनुषा । वैशाखदेखि जयनगर-जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा पुर्‍याएकाले सरकारले जयनगर-जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको हो ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल खरीद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी वैशाखबाट जनकपुर जयनगर रेल सञ्चालनमा आउने बताए ।

यस अघि चालू आर्थिक वर्षको मङ्सिरदेखि जनकपुरको कुर्थाबाट भारतको जयनगरसम्म रेल सञ्चालन हुने भनिए पनि ट्रयाक निर्माणलगायतका काम नसकिएकाले निर्धारित समयमा रेल सेवा सञ्चालन हुन सकेको थिएन ।

‘अहिले सबै निर्माणका कार्य अन्तिम चरणमा रहेको हुँदा कुर्थादेखि जयनगरसम्मको ३५ किलोमिटरमा रेल गुड्नेछ’, उनले भने । मिश्रले रेलले एक घण्टाको समयमा जयनगर-कुर्थाको दूरी पार गर्ने बताए । पाँच सय यात्रु बोक्ने रेलले दैनिक सेवा दिने मिश्रले बताए । रासस

Leave A Reply

Your email address will not be published.