News Portal

अन्तर्राष्ट्रिय मुर्तीकला कार्यशालामा आगन्तुकको घुइँचो

मोरङ । मोरङको बेलवारी–१० भाउन्नेमा रहेको सृजना सामुदायिक वनको २१ हेक्टर क्षेत्रफलमा अन्तर्राष्ट्रिय मूर्तीकला कार्यशाला सुरु भएको छ । गत फागुन ४ गतेदेखि सुरु भइरहेको कार्यसालामा ६ देशका ३० जना कुर्तिकारहरुले आफ्नो कला प्रस्तुत गर्दै छन ।सुनसान झाडी रहेको ठाउँमा अहिले झाडी फाँडेर ठूला ठूला ढुंगा राखिएको छ त्यही ढुङगामा नेपाल, भारत, जापान, जर्मन, ईटाली र बंगलादेशका कलाकनरले आफ्ना नया सृजना कुदिरहेका छन ।

राम्रा राम्रा कला कृतीहरु निमार्ण गरि आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ सिर्जना पार्क निमार्ण गर्न लागेको वडा अध्यक्ष गंगा याक्खाले बताउछन । ५० वटा मुर्ति तयार गरी सुन्दर बगौचा निर्माण गर्ने ध्येयको साथ कार्यशालामा सुरु भएको हो।

अहिले जापानका नोरिओ ताकाओका, इटालीकी माकी नाकामुरा, जर्मनका पिटर हारगेट, भारतका अनुपकुमार गुप्ता र बंगलादेशका अभिजित कान्तिदास, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान मुर्तिकला विभागका प्रमुख लालकाजी लामासहित ३० जना दक्ष, व्यवसायिक मूर्तिकारले आकर्षक मुर्तिहरु खोपिरहेका छन् । जसमा ५ विदेशी र २५ स्वदेशी मुर्तिकार रहेका छन् । उनीहरुले १८ दिन लगाएर विभिन्न मुर्ति बनाउने छन् । त्यससपछि सृजना सामुदायिक वनले उक्त क्षेत्रमा सृजना पार्कको नाममा बगैंचा परिणत हुनेछ ।

करिब १ करोड ८४ लाखको लागतमा तयार हुने पार्कमा तराई मुलका धिमाल र राजवंशीको संस्कृति झल्कने खाल्को मुर्तिका साथ मनमोहर काल्पनिक मुर्ती सहित बेलबारीलाई पहिचान गराउने सृजना रहने कार्यसालाका संयोजक तथा पुर्व नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मुर्तिकला विभागका प्रमुख धनु याक्खाले बताए ।

Leave A Reply

Your email address will not be published.