News Portal

दमकमा देखिए नेकपा अध्यक्ष एवं पुर्व प्रधानमन्त्री प्रचण्ड (भिडियो सिहत)

फागन २१ दमक। नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज केहिबेर नेता कार्यकर्ताको साथमा दमकमा बसेकाछन् । उनि बिराटनगरबाट सुखानी जाने क्रममा दमकस्थित संगम स्वीट्समा करिब आधाघण्टासम्म रहेकाहुन् ।

संगम स्वीट्समा उनले कालो चिया सहित खाजा खाएका थिए । उनलाइ दमकमा झापाका स्थानीय नेता कार्यकर्ताले स्वागत गरेका थिए । साथमा संघीय तथा प्रदेशका साँसद तथा मन्त्रीहरुको समेत उपस्थिति रहेको थियो ।

आज सुखानी स्मृती दिवसमा सहभागि हुनका लागि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड आउने कार्यक्रम रहेको थियो । प्रधानमन्त्री ओली भद्रपुर विमानस्थल भएर सुखानीतर्फ प्रस्थान गरिसकेकाछन् ।

प्रचण्ड पनि दमक हुँदै सुखानीतर्फ प्रस्थान भएको बताईएको छ । ओली र प्रचण्ड दुबैले सुखानीमा सम्बोधन गर्नेछन् । २०२९ फागुन २१ मा झापा विद्रोहका योद्धाहरू नेत्र घिमिरे, रामनाथ दाहाल, वीरेन राजबंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई पञ्चायती साशकले जेल सार्ने बहानामा सुखानीमा लगेर गोली हानी हत्या गरेको थियो । विष्णुप्रसाद पोखरेल सवाल नेपाल बाट

Leave A Reply

Your email address will not be published.