News Portal

रत्न राज्यलक्ष्मी शाह नर्भिक अस्पतालमा भर्ना

फागुन २१ काठमाडौं । पूर्व–मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह नर्भिक अस्पतालमा भर्ना भएकी छन् ।

मंगलवार उनलाई अस्पताल भर्ना गरिएको हो । स्वास्थ्यमा सामान्य समस्या आएपछि पूर्व–मुमाबडामहारानीलाई अस्पताल भर्ना गरिएको पूर्व राजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिन्द्र पाठकले जानकारी दिएका छन् ।पूर्व–मुमाबडामहारानी शाह ज्वरोसहित पखाला देखिएपछि उपचारका लागि मंगलबार दिउँसो अस्पताल भर्ना गरिएको हो ।

रत्ना तत्कालीन राजा महेन्द्रकी पत्नी हुन् भने पूर्वराजा ज्ञानेन्द्रकी आमा हुन् । पूर्व मुमाबडामहारानी शाह बिरामी भएर अस्पतालमा भर्ना गरिएपछि पूर्व–राजपरिवारका सदस्यहरू अस्पताल पुगेका छन् ।

Leave A Reply

Your email address will not be published.