News Portal

छोरीलाई हिन्दू धर्मशास्त्र पढाउँछन् मुस्लिम धर्मगुरु, वेदको अध्ययन गर्दै दर्जनौं मुस्लिम युवक

धर्मशाला। देवभूमि मानिने हिमांचल प्रदेशमा दर्जनौं मुस्लिम युवायुवती हिन्दू धर्मशास्त्रको अध्ययन गरिरहेका छन् । उनीहरुका परिवार पनि चाहन्छन् कि उनीहरु संस्कृत अध्ययन गरेर अगाडि बढुन् ।

कांगडा जिल्लाको देहरास्थित संस्कृत डिम्ड विश्वविद्यालयमा ११ युवतीहरु संस्कृतमा शास्त्री, आचार्य र बीएड गरिरहेका छन् । यसका अलावा दुई युवक पनि छन् जो शास्त्री तहको अध्ययन गरिरहेका छन् ।

यो संस्थानमा कुनै पनि कार्य गर्नुभन्दा पहिले वैदिक मन्त्रोच्चारण हुन्छ । मुस्लिम युवतीहरु पनि बिहान सूर्य नमस्कार गर्छन् । विश्वविद्यालय परिसर हिन्दू धर्मका मन्त्रोच्चारणले गुञ्जिन्छ । 

भारतका १३ राष्ट्रिय संस्कृत संस्थानमध्ये एक यो संस्थानमा करिब ८ सय विद्यार्थी छन् । विद्यार्थीहरुमा ७० प्रतिशत युवतीहरु छन् । यीमध्ये कैयौं मुस्लिम युवतीहरु छन् जो परिवारसँग दैनिक मन्दिर जाने बताउँछन् ।

यसका अलावा उनीहरु जति कुरान पढ्छन् उत्तिकै रुची हिन्दू धर्मग्रन्थ गीतामा पनि छ । प्रथम वर्षकी एक छात्रा रुकसाना बेगमका अनुसार उनका पिता मौलवी (मुस्लिम धर्मगुरु) हुन् । मौलवी पिताले नै उनलाई संस्कृत पढ्न पठाएका हुन् । उनका अनुसार त्यहाँ धर्मको आधारमा कुनै भेदभाव छैन । 

Leave A Reply

Your email address will not be published.