News Portal

प्रधानमन्त्री ओली अस्पताल भर्ना, स्वास्थ्य स्थिति सामान्य

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन् । प्रधानमन्त्रीको उपचार एवम् परीक्षण प्राध्यापक डा अरुण सायमीको संयोजकत्वमा भइरहेको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको शिक्षण अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओली मुटुको नियमित परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा परीक्षण गराइरहेको र त्यस क्रममा थप केही परीक्षण गर्न उपयुक्त देखिएकाले अब्जरभेशनमा राखिएको पनि सेन्टरले बताएको छ ।

Leave A Reply

Your email address will not be published.