News Portal

राष्ट्रपतिको सवारीको नाममा झण्डै ४० मिनेटसम्म सडक जाम:भिआइपी साइरनमाथि खतराको घण्टी

काठमाडौँ । मंगलबार बेलुका राजधानीको लैनचौरमा विद्रोहको नयाँ रुप देखियो । सानो तर अर्थपूर्ण विद्रोह ।राष्ट्रपतिको सवारीको नाममा झण्डै ४० मिनेटसम्म सडक जाम गराइएको विरोधमा यात्रु प्रतिरोधमा उत्रिए । उनीहरुले ट्राफिक प्रहरीको आदेश तोडे र सवारी चलाए । भीभीआइपीको सवारीको नाममा घण्टौं सडक जाम गराइने प्रवृत्तिप्रति गरिएको यो विद्रोह सामान्य होइन । यो विद्रोह झट्ट हेर्दा जति हल्का देखिन्छ गहिराइमा उत्तिकै गहन छ । यो त सुरुवात मात्र हो । भोलिका दिनमा यसले कस्ता परिणाम ल्याउन सक्छ ? भन्नेतर्फ बेलैमा विचार गर्न नसकेमा भोलि निकै अप्रिय घटना हुने खतरा छ । खतराको घण्टी बजिसकेको छ र भोलिको त्यो भयावह दृश्यको ‘प्रिभ्यू’ देखिइसकेको छ । हिजोको विद्रोहले राष्ट्रपतिमाथि हुँदै नभएको र हुनै नहुने भयावह खतरा जन्माउने पूर्व संकेत दिएको छ ।

अहिलेको समयमा नेपालका राष्ट्रप्रमुखलाई कुनै किसिमको सुरक्षा थ्रेट छैन । परिस्थितिलाई हेर्दा भोलिका दिनमा पनि त्यस्तो थ्रेट आउला जस्तो देखिँदैन । हुन सक्छ भोलिका दिनमा त्यस्तो स्थिति पनि आउला । भोलि कसले देखेको छ र ? तर, आजको कुरा गर्दा भने नेपाली राष्ट्रप्रमुखलाई कुनै सुरक्षा थ्रेट छैन । देशभित्रका विद्रोहीले राष्ट्रपतिलाई लक्षित गरी कुनै हमला गर्लान् ? पहिलो कुरा त नेपालमा त्यति सशक्त विद्रोही नै छैनन् । साना–साना समूहमा रहेका त्यस्ता गुटले राष्ट्रपतिलाई लक्षित गरी आक्रमण गर्लान् जस्तो देखिँदैन । अर्कोतर्फ कुनै कार्यकारी अधिकार नभएको आलंकारिक पदमा भएको व्यक्तिलाई विद्रोहीले किन लक्ष्य बनाउनु । अधिकार नै नभएको आलंकारिक व्यक्तिलाई लक्ष्य बनाएर उनीहरुलाई के फाइदा ? फाइदा नै नहुने काम उनीहरुले गर्लान् र ?

अर्कोतर्फ विदेशी आतंकवादी शक्तिले राष्ट्रपतिलाई लक्ष्य बनाउलान् भन्ने पनि छैन । नेपालमा कुनै किसिमको धार्मिक, साँस्कृतिक दंगा छैन जसका कारण कुनै अतिवादी समूहले राष्ट्रपतिलाई लक्ष्य बनाउलान् भन्ने प्रश्नै उठ्दैन । कुनै विदेशी शक्ति वा कुनै देशका ‘अण्डरकभर’ जासुस, गुप्तचरले राष्ट्रपतिलाई निशाना बनाउलान् त ? त्यसको पनि सम्भावना छैन किनकि नेपालको परराष्ट्र नीति असंलग्न हो । अर्थात कुनै दुई देशबीच युद्ध नै भएमा पनि नेपालले कसैको पक्ष लिने छैन । असंलग्न परराष्ट्र नीति भएको देशको राष्ट्रप्रमुखबाट कुन देशलाई के बेफाइदा हुन्छ र उसले नेपालको राष्ट्रप्रमुखलाई निशाना बनाउला ? अर्कोतर्फ नेपाल शान्तिक्षेत्र घोषित देश हो । यहाँको राष्ट्रपतिलाई के को सुरक्षा थ्रेट ?

;+3Lo ;+;btkm{ /fi6«klt e08f/L
;+3Lo ;+;bsf] ;+o’Qm klxnf] P]ltxfl;s a}7snfO{ laxLaf/ ;Daf]wg ug{ ;+3Lo ;+;bLo ejg jfg]Zj/tkm{ /fi6«klt ljBfb]jL e08f/L . t:jL/ M k|bLk/fh jGt, /f;;

उहिले राणा शासक, पञ्चायती शासकहरु जनतासँग डराउँथे । उनीहरुले जनतामाथि दमन गरेका थिए त्यही कारण उनीहरुलाई जनताबाटै खतरा थियो । त्यसैले उनीहरुले सुरक्षाकर्मीको दलबल अघिपछि लगाएर हिँड्थे । अर्कोतर्फ उनीहरुलाई जनताको अगाडि रवाफ देखाउनु थियो त्यसैले पनि यसरी ‘सवारी’ हुन्थे । उनीहरु त पाखा लागे तर उनीहरुले छाडेर गएको दमनकारी संस्कार अझैसम्म विद्यमान छ । जनताबाट चुनिएका भनिएका प्रतिनिधिमा पनि त्यो ठाउँमा पुगेपछि त्यही रवाफिलो शैलीमा देखिने लालसाले यो संस्कार हट्न सकेको छैन । जनताबाट चुनिएका प्रतिनिधि जनतासँग नजिकिएर रहन सकेका छैनन बरु उनीहरुलाई एकछिनको रवाफको लागि ‘नवसम्भ्रान्त’ बन्ने रहर पलाएको छ । तर, उनीहरुको यो शैली जनताले पटक्कै रुचाएका छैनन् । जनता यसविरुद्ध विद्रोह गर्न चाहन्छन् र यसैको सुरुवात हिजोको विद्रोह हो ।

माथि भनियो नेपालका राष्ट्रपतिलाई अहिले सुरक्षा खतरा छैन । तर होइन, खतरा छ । त्यो खतराको गर्भाधान भइसकेको छ अब त त्यो खतरा जन्मिन मात्र बाँकी छ । जन्मिँदैको नाबालक खतराले राष्ट्रपतिलाई केही नगर्ला तर ऊ हुर्कियो भने ? यसतर्फ बेलैमा ध्यान दिनु जरुरी छ । यहाँनिर भारतका स्वतन्त्रता सेनानी महात्मा गान्धीको हत्याको प्रसंग जोड्नु सान्दर्भिक हुन्छ । गान्धीको हत्या गर्ने नथुराम गोड्से गान्धीविरोधी थिएनन् । उनी पहिले कुनै अपराधी पनि होइनन् बरु उनी कट्टर देशभक्त थिए । तर, बहुसंख्यक मुस्लिमको माग पूरा गर्दै गान्धीले पाकिस्तानलाई विभाजित भइ छुट्टै देश बन्न अनुमति दिएपछि गाड्सेको रिस चुलियो । आफ्नो देश नटुक्रियोस् भन्ने चाहेका गोड्सेको रिस यतिसम्म उत्कर्षमा पुग्यो कि उनले गान्धीको हत्या नै गरिदिए । यही खतरा नेपालका राष्ट्रप्रमुखमाथि छ ।

देश गणतन्त्र भएको एक दशकसम्म सास्ती सहेरै ‘सवारी’ झेलिरहेका नागरिकको आक्रोश हिजो विष्फोट भयो । हिजो त उनीहरुले ट्राफिक नियममात्र तोडे तर यो सुरुवात मात्र हो । केही दिनमै राष्ट्रपति अमेरिका जाने कार्यक्रम छ । त्यस दिन शितलनिवासदेखि विमानस्थलसम्म नै दुईतर्फी सवारी जाम गराइन्छ । त्यस दिन पनि यात्रुमा उत्तिकै आक्रोश हुनेछ । हिजोको विद्रोह देखेका ती यात्रु त्यस दिन पनि ट्राफिक प्रहरीको आदेश तोड्न अघि सर्ने खतरा बढिसक्यो । हिजोको विद्रोहको भिडियो सामाजिक संजालमा भाइरल भइसकेको छ र यसलाई यात्रुको राम्रो काम भन्दै टिप्पणी गरिएको छ । यसले भोलिका दिनमा विद्रोह गर्न तम्सिनेहरुले पनि हौसला पाउनेछन् ।

सवारीको नाममा सास्ती दिइँदा नागरिक विद्रोहमा उत्रिन्छन् भन्ने हिजोको घटनाले देखाइसक्यो । यस्ता विद्रोह अब भोलिका दिनमा नहोलान् भन्न सकिन्न । यसतर्फ राज्यले समयमै चासो दिएर जनतालाई सास्ती नहुने व्यवस्था गर्न पहल थालिहाल्नुपर्छ । राज्यले बुझ्नुपर्ने कुरा के हो भने यस्ता विद्रोहलाई दमन गर्न खोनिय भने विद्रोहको चाहना अझै बढ्नेछ । अतः यसलाई व्यवस्थापन गर्नेतर्फ समयमै पहल थालिनु जरुरी भइसक्यो । अन्यथा भोलिका दिनमा पनि यस्तै पारा रहेमा नागरिले प्रतिरोध गर्नेछन् । भोलिका दिनमा प्रतिरोधको स्वरुप हिजोको जस्तै होला भन्नु गलत हुनेछ । आक्रोश बढ्दै जाँदा नागरिक आक्रमणमा पनि उत्रिन सक्छन् । यदि भीड नै आक्रमणमा उत्रियो भने वरिपरि राखिएका सुरक्षाकर्मीले भीडबाट राष्ट्रपतिलाई बचाउन सक्लान् ? स्मरण रहोस्, अहिंसावादी गान्धीलाई मार्ने व्यक्ति पनि अपराधी थिएनन्, उनले आक्रोशमा यस्तो खतरनाक कदम उठाएका थिए ।

Leave A Reply

Your email address will not be published.