News Portal

उदयपुरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु

काठमाडौँ । उदयपुरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।उदयपुरको कटारी नगरपालिका९४ हस्पिटल चोकमा बुधबार बिहान ट्रकको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सोहि नगरपालिका वडा नम्बर ५ निवासी दिलबहादुर राईका साढे ४ वर्षीय छोरा मौसम राई रहेका छन् ।

मौसम राईको ट्रकको ठक्करबाट ज्यान गएपछि स्थानीय र आफन्तले शवलाई सडकबाट नै उठाउन नदिएपछि कैयौँ यात्रुहरुको यात्रा प्रभावित बन्न पुगेको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सिद्धिचरण राजमार्गअन्तर्गतको कटारी९घुर्मि सडकखण्डमा ना ४ ख ८८९८ नम्बरको मालवाहक ट्रकको ठक्‍करबाट बालकको ज्यान गएको हो । प्रहरीले ज्यानै जानेगरी बालकलाई ठक्कर दिने चालकलाई नियन्त्रणमा लिएको बताएको छ ।

Leave A Reply

Your email address will not be published.