News Portal

प्रियंकाले महिलाको भित्री वस्त्र हातमा लिईन्…..लाजले भुतुक्क भए किशोरीहरु

काठमाडौं – एक महिनाअघि आफूहरूले स्थापना गरको आयंका फाउन्डेसनमार्फत अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले स्कुलस्कुलमा पुगेर किशोरी विद्यार्थीलाई महिनावारी हुँदा प्याड प्रयोग गर्ने तरिका सिकाएका छन् । उनीहरूले यो अभियान धनुषा जिल्लाबाट सोमबारदेखि सुरु गरेका हुन् ।अभिनेत्री प्रियंकाले सोमबार धनुषाको मुरुंगास्थित जनता माविको कार्यक्रममा उपस्थित छात्रालाई महिनावारी हुँदा सुरक्षित रूपमा प्याड प्रयोग गर्ने तरिका सिकाउँदा किशोरीहरू लाजले भुतुक्क भएका थिए । तैपनि लाज नमान्न आग्रह गर्दै उनले हजारको संख्यामा रहेका छात्रछात्रा तथा स्थानीबीच प्याड प्रयोग गर्ने तरिका सिकाइन् ।त्यतिबेला प्रियंकालाई आयंका फाउन्डेसनका कोषाध्यक्ष तथा अभिनेता आयुष्मान देशराज र फाउन्डेसनका सल्लाहकार सरोज ओलीले पनि साथ दिएका थिए ।

प्रियंकाले सोमबार नै धनुषाका अरू दुईवटा स्कुलमा पुगेर किशोरीलाई महिनावारी हुँदा सुरक्षित रूपमा कसरी प्याड प्रयोग गर्ने भनेर जानकारी गराइन् । उनले धनुषाको जनता मावि मुरुंगा, हरिपुर निगाहपुर मावि हरिपुर र आधारभूत मावि धनुषाधाममा पुगेर त्यहाँका किशोरीलाई सुरक्षित प्याडको प्रयोगबारे जानकारी गराएकी हुन् । हरेक स्कुलमा ती किशोरीलाई स्कुल ब्यागसहित पुनः प्रयोग गर्न मिल्ले प्याड पनि वितरण गरिन् ।यी तीनैै स्कुलमा हामीले किशोरीलाई लक्षित गरेर दुई÷दुईवटा शौचालय पनि निर्माण गरेका छौं । महिनावारी हुँदा किशोरीलाई निकै समस्या पर्ने भएकाले स्कुलमा किशोरी विद्यार्थीहरूका लागि नै लक्षित गरेर हामीले यी तीनवटा स्कुलमा ६ वटा शौचालय निर्माण गरेर आज हस्तान्तरण पनि गरेका हौं ।’ प्रियंकाले बताइन् । यो खबर राजधानी राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ।

‘महिनावारीको विषयमा अहिलेसम्म खुलेर कुरा गर्ने संस्कारको विकास भइसकेको छैन र छात्राहरूले महिनावारी भएको समयमा सरसफाइमा ध्यान दिन सकेका छैनन् । त्यसैले धोएर एक वर्षसम्म प्रयोग गर्न मिल्ने कपडाबाट बनेको महिनावारी प्याड हामीले प्रदान गरेका हौं ।’ उनले भनिन्, ‘किशोरीलाई प्रदान गरिएको प्रत्येक झोलामा यस्ता चार थान प्याड, दुई थान अन्डरवेयर, साबुनलगायतका सामग्री पनि रहेका छन् ।‘अहिले मैले केही कम्पनी र उत्पादनको ब्रान्ड एम्बेस्डर भएबापत प्राप्त पारिश्रमिकबाट यो कार्य गरेका हुँ । यो अभियानलाई अब तराईसँग पहाड हुँदै हिमालसम्म पु¥याउनेछु,’ प्रियंकाले भनिन् ।यी तीन विद्यालयमा आयंका फाउन्डेसबाट केही दिनअघि नै सुविधा सम्पन्न शौचालय निर्माण गर्न लगाइएको थियो । यी तीनै विद्यालयमा दुई÷दुई थान डस्बिन, नौ÷नौ थान फलको बिरुवा, विद्यार्थीहरूलाई सय÷सय थान स्कुल ब्याग पनि वितरण गरेको प्रियंकाले जानकारी गराइन् ।

प्रियंकासँगै यी विद्यालयमा अभिनेता आयुष्मान देशराज जोशीले पनि महिनावारी हुँदा लाज मान्नुनपर्ने बताए । उनले महिनावारी भएको समयमा महिलाको पीडा कम गर्न पुरुषले पनि सहयोग गर्नुपर्नेमा जोड दिए ।प्रियंका र आयुष्मानलाई खानेपानी मन्त्रालयले महिनावारी स्वच्छता दूतमा नियुक्त गरेको थियो । सोही अभियानअन्तर्गत यी दुईले धनुषाबाट यो कार्य सुरु गरेका हुन् ।‘न महिनावारी, न महिनापारि, म हुँ महिनाभरि’ लेखिएको टिर्सट लगाएर कार्यक्रममा उपस्थित भएका उनीहरूको यो आयंका फाउन्डेसनको तर्फबाट पहिलो सामाजिक काम हो । कार्यक्रममा महिला सचेतनामा आफूहरू निरन्तर लाग्ने प्रतिबद्धता पनि उनीहरूले प्रतिबद्धता जनाए ।

Leave A Reply

Your email address will not be published.