News Portal

फिल्म ‘लुका छुप्पी’ हिट भएपछि अभिनेत्री कृति सेननले मन्दिरमा गएर प्रसाद बाढे

एजेन्सी । फिल्म ‘लुका छुप्पी’ हिट भएपछि अभिनेत्री कृति सेननले मन्दिरमा गएर प्रसाद बाढेकी छिन् । आफू अभिनित फिल्म ‘लुका छुप्पी’ हिट भएपछि उनले सफलताका लागि धन्यवाद दिन प्रसाद बाढेकी हुन् । शिवरात्रीको मौकामा फिल्म ‘लुका छुप्पी’ रिलिज भएको हो । फिल्ममा कृति सेननले अभिनेता कार्तिक आर्यनसँग जोडी बाधेकी छन् ।

मुम्बईस्थित एक शिव मन्दिर पुगेकी कृतिले मन्दिर दर्शनपछि मन्दिर परिसरमा रहेका मानिसहरूलाई प्रसाद बाँडेको तस्विर सामाजिक संजालमा भाइरल भएको छ ।फिल्मले पहिलो दिन ८।०१ करोड भारूको कमाइ गरेको सिनेमाले तीन दिनमा ३१।१३ करोड भारू कमाएको छ ।उनलाई करियरको सबैभन्दा ठूलो सुरूवाती व्यापारको खुशी दिलाएकाले उनी मन्दिर पुगेको बताइन्छ।

Leave A Reply

Your email address will not be published.