News Portal

सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं। सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई रिहा गर्न आदेश दिएको हो।

जिल्ला अदालत रौहतटले राउतलाई पुर्पक्षकालागि थुनामा पठाएको थियो। राज्यविरुद्ध संगठित कसुर मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षकालागि थुनामा राख्न दिएको आदेश बदर गर्दै सर्वोच्चले राउतलाई रिहा गर्न आदेश दिएको हो। राउतमाथि राज्य विप्लव गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो।

प्रहरीले सिके राउतलाई गत असोज २१ गते पक्राउ गरेको थियो। जिल्ला अदालत रौतहटले मंसिर २० मा राउतलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। उक्त आदेशविरूद्ध राउतले उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा पुनरावेदन दिएका थिए। पुनरावेदनले पनि जिल्ला अदालतको आदेश सदर गरिदिएको थियो। त्यसपछि उनी सर्वोच्च पुगेका थिए।

Leave A Reply

Your email address will not be published.