News Portal

सम्पदाले भुकम्पमा आफ्नो “सिन्दुर” गुमाइन ( भिडियो )

जिन्दगी भन्नू सम्झनै सम्झनाको माला बाहेक केही होइन रहेछ। २०७२ बैशाख १२ गतेको त्यो कालो दिन भुल्न खोजे पनि भुल्न सकिन्न ।

हजारौ नेपालीको ज्यान गुमेको त्यो दिन धेरै नेपालीले आफ्ना आमा बुवा , छोराछोरी , श्रीमान् , श्रीमती आफना नजिकका आफन्त र साथीभाइ गुमाए । बेल्जियममा बसोबास गर्दै आएका एक नेपाली जसलाई देश र नेपाली गीत संगीत प्रति अत्यन्त माया छ उनले भुकम्पमा आफ्नो श्रीमान् गुमाउने श्रीमती लाई समर्पित गर्दै एक मार्मिक गीत आफ्नो डायरीमा लेखेर राखेका थिए ।

समय परिस्थिति नमिलेर थन्किएको उनको त्यो गीतले अब जिवन पाएको छ । केही दिन अघि उनले तिनै भुकम्पमा श्रीमान् गुमाएका विधुवा महिलाको वेदना समेटिएको मार्मिक गीत ” सिन्दुर” सार्वजनिक गरेका छन।

छोटो समयमा नै १ लाख बढी दर्शकको साथ गीतले पाइसकेको छ। यस गीतमा शब्द दिनेश पोखरेलको रहेको छ भने संगीत गैरे सुरेशको रहेको छ । गीतमा स्वर लोकप्रीय गायिका मेलिना राई को रहेको छ। गीतको एरेन्जमेन्ट सुदिप सागरले गरेका हुन। उत्सव दहालले खिचेको भिडियोमा बिनोद न्यौपाने र सम्पदा बाँनियाको अभिनय रहेको छ। बिकाश दहालले भिडियो सम्पादन गरेका हुन । युवराज वाइबाको कन्सेप्ट र निर्देशनमा गीतको भिडियो तयार भएको हो।

Leave A Reply

Your email address will not be published.