News Portal

कालिकोटमा एम्बुलेन्स नहुँदा प्रहरीको भ्यानले गर्छ बिरामी बोक्ने काम

कालिकोट । प्रहरीको भ्यान उद्धार कार्यमा, कुनै घटनामा आरोपितलाई पक्रेर हिरासतसम्म लैजान र विशिष्ट व्यक्तिको स्कर्टिङमा प्रयोग गरिन्छ । तर कालिकोटमा भने प्रहरी भ्यानले बिरामी बोक्न थालेको छ ।एम्बुलेन्स नहुँदा बिरामीलाई जिल्ला अस्पतालसम्म पुर्‍याउन प्रहरीको भ्यान प्रयोग गरिएको हो । गाउँमा कोही अकस्मात् बिरामी परेमा एम्बुलेन्सका रूपमा जिल्ला प्रहरी कार्यालयको भ्यान प्रयोग हुँदै आएको छ ।

तीन महिनादेखि जिल्ला अस्पताल एम्बुलेन्सविहीन भएको छ । यसअघि सञ्चालन हुँदै आएको बा २ झ १७४० नम्बरको एम्बुलेन्स गत मंसिर २६ गते दैलेखको जिरो पोइन्टनजिकै दुर्घटनामा परेपछि कालिकोट एम्बुलेन्सविहीन बनेको हो ।एम्बुलेन्स नभएपछि सडक मार्गले जोडिएका नजिकका स्थानबाट बिरामी बचाउन प्रहरीले स्कर्टिङ भ्यान पठाउँदै आएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी विनोद शर्माले फागुनमा मात्र ६ जना बिरामीलाई प्रहरीको भ्यानले अस्पताल पुर्‍याएको जानकारी दिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Leave A Reply

Your email address will not be published.