News Portal

नक्कली पासपोर्टमा इरानी नेपाल छिरे तर कसैले चाल पाएनन्

काठमाडौं । चार इरानी नागरिक स्लोभेनियाको पासपोर्ट लिएर दुई साताअघि नेपाल आए । विमानस्थलस्थित अध्यागमन अधिकारीले उनीहरूलाई १५ दिनको ‘अन अराइभल’ भिसा दिए । १३ फागुनमा दुबई हुँदै स्लोभेनियातर्फ लागे ।

नक्कली भिसा लिएर स्लोभेनिया पुग्ने उनीहरूको योजनामा नेपालको अध्यागमनले ‘सहयोग’ गरे पनि दुबईको अध्यागमनबाट उम्कन सकेनन् ।पासपोर्ट नक्कली भएको भन्दै दुबईको अध्यागमनले उनीहरूलाई नेपाल नै फर्काइदियो । त्यसपछि मात्र नेपालका अध्यागमन अधिकारीहरूले उनीहरूको नक्कली पासपोर्टमा भिसा र प्रस्थान अनुमति दिएको चाल पाए ।

हाल अध्यागमन विभागको हिरासतमा रहेका उनीहरूसँग इरानको समेत पासपोर्ट भएको खुलेको छ । अलिरेजा केसत्कार, रोघऐन केसत्कार र उनीहरूका दुई छोरा अध्यागमन विभागको हिरासतमा छन् । उनीहरू नक्कली पासपोर्ट लिएर नेपालको रुट प्रयोग गरेर स्लोभेनिया जान लागेको खुलेको छ ।

यो खबर नयाँ पत्रिका राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ। खबर नवराज मैनालीले लेखेका हुन्।‘अवैध कागजपत्रमा नेपाल आउने इरानीको संख्या असाध्यै बढेको छ,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल भन्छन्, ‘यसमा उनीहरूको देशभित्रको स्थिति पनि एउटा कारण हुन सक्छ, जसरी पनि युरोप छिर्न खोज्ने प्रवृत्ति देखिन्छ ।

Leave A Reply

Your email address will not be published.