News Portal

बाबुको काजकिरिया गर्दै छोरी

बझाड। परम्परावादी सोचले हाम्रो समाज अझै पनि अन्धविश्वास र रुढिवादीले जेलिएको छ। पुरानो संस्कार र संस्कृतिले जकडिएको हाम्रो समाजमा परिवर्तन ल्याउने कुरा गर्न जति सजिलो भएपनि व्यवहारिकरुपमा प्रयोगमा ल्याउन त्यति सहज छैन।

समाजमा मर्दापर्दा होस् या कुनै पनि शुभकार्य गर्दा होस्, पुरानै सोचका साथ समाज अझै पनि चलिरहेको छ। तर पाल्पाको रामपुर नगरपालिका–४ बाङ्गेपसल सिन्दुरेटार बस्ने २७ वर्षीया अविवाहित नौकला विकले कपाल फालेर सेतो बस्त्रमा बाबुको काजकिरिया गर्दै छन्।

छोरीले कपाल फालेर छोरासरह नै काजकिरिया गरेको देख्दा समाजमा धेरै चर्चा हुन थालेको छ। रामपुर क्षेत्रमा छोरीले बाबुआमाको काजकिरिया गरेको बिरलै घटना भएकाले पनि केहीले आश्चर्य मान्दै हेर्न आउने गरेको नौकलाले बताइन्।

नौकलाले आफ्नो बाबुको पार्थिक शरीरमा दागबत्ति दिएर हिन्दूधर्म परम्पराअनुसार काजकिरिया गरिरहेकी छन्। ‘‘अभिभावकका लागि छोराछोरी दुवै बराबरी हुन्, समाजको हेर्ने दृष्टिकोण सङ्कुचित रहेकाले अनौठो लागेको हुन सक्दछ” नौकला भन्छिन्, “बुबाले छोरासरह नै काम गर्नु, छोरी हुँ भनेर कहिल्यै पनि पछाडि नहट्नु भन्नुहुन्थ्यो।” बाबुको अर्ति उपदेशलाई अनुशरण गर्दै समाजको पुरानो मान्यता हटाएर भाइसँगै बसेर कपाल फालेर बाबुको नाममा हिन्दू परम्पराअनुसार काजकिरिया गरिरहेको उनी बताउँछिन्। आइतबहादुरकी श्रीमती र १७ वर्षीय कान्छी छोरी विनिता विक पनि सामाजिक परम्पराअनुसार सेतो बस्त्रमा काजकिरियामा बसेकी हुन्। रासस

Leave A Reply

Your email address will not be published.