News Portal

सिन्धुलीमामा जीप र बस एक आपसमा ठोक्किँदा ६ जना घाइते

सोलुखुम्बु । सिन्धुलीमामा जीप र बस एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । सोलुखुम्बुबाट काठमाण्डौका लागि छुटेको टाटा सुमो जीप सिन्धुलीमा दुर्घटना भएको हो । सोलुखुम्बुको नेलेबाट काठमाण्डौका लगि छुटेको ना १ ज ७०९४ नम्बरको सुमो जीप मध्यपहाडी लोकमार्गमा बससँग ठोक्किँदा ६ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सिन्धुलीको फिक्कल गाउँपालिका वडा न–५ मा काठमाण्डौबाट ओखलढुङगातर्फ जाँदै गरेको बा ४ ख ४४३४ नम्बरको बससगँ सुमोमा सवार ६ जना यात्रु घाइते भएका हुन् ।घाइतेहरुको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । ठक्कर दिने बसका चालक फरार रहेको र बस प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.